काठमाडौँको दक्षिणकालीस्थित अप्ठ्यारो भिरमुनि दुई जना युवायुवती मृत भेटिए

काठमाडौँको दक्षिणकालीस्थित अप्ठ्यारो भिरमुनि दुई जना युवायुवती मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २४ जेष्ठ २०८१
  • 16.6K
    Shares

पोखरा, २४ जेठ २०८१/

काठमाडौँको दक्षिणकालीस्थित भिरमुनि दुई जना युवायुवती मृत अवस्थामा भेटिएका छन्। दक्षिणकाली नगरपालिका-८ केराबारीस्थित भिरमा बुधबार साँझ दुई जना युवायुवती मृत अवस्थामा भेटिएका हुन्।

उक्त भीरमुनि भेटिएका युवायुवतीमध्ये एक जना पुरुषको शब धादिङको सिद्धलेक गाउँपालिका- ५ घर भई हाल भक्तपुर बस्दै आएका ४२ वर्षीय रामचन्द्र खनालको र अर्की युवती चाँगुनारायण नगरपालिका- ५ भक्तपुरकी ३२ वर्षीया सविना राईको भएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

उनीहरुको शब उक्त भीरको करीब दुई सय मिटर तल अड्किएकाे अवस्थामा देखिएको खबर पाए पछि इलाका प्रहरी कार्यालय फर्पिङ, प्रहरी बृत्त कीर्तिपुर तथा विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट गएको प्रहरी टोलीले भीरबाट बाहिर निकालेको प्रहरीले जानकारी दिएको छ। घटनास्थलमा बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको पल्सर मोटरसाइकल पनि फेला परेको छ।

अप्ठ्यारो खोंचमा मोटरसाइकल खसेको कारण समयमै घटनाको विषयमा जानकारी नभएको अधिकारीले बताए। ‘उनीहरुको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको अनुमान हामीले गरेका छौँ,’ अधिकारीले नेपालखबरसँग भने, ‘केही दिनअघि नै उनीहरु दुर्घटनामा परेका हुन सक्छन्।’ घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएकाे छ।

प्रतिक्रिया
सम्बन्धित समाचार