पोखरा, २४ जेठ २०८१/
धरानमा १८ वर्षीय एक युवाको कुटपिट गरी हत्या गरिएको छ। सुनसरीको धरान उपमहानगरपालिका-१९ भिक्टोरिया चोक मा बस्ने १८ वर्षीय ताङ्छुहाङ लिम्बुको बुधबार साँझ कुटपिट गरी हत्या गरिएको हो ।
सोही उपमहानगरपालिका-१९ भिक्टोरिया चोकमा गोपाल लामगादे लगायतका युवाहरुले कुटपिट गर्दा गम्भीर घाइते भएका ताङ्छुहाङको घोपा अस्पताल हुँदै न्युरो अस्पताल विराटनगरमा उपचारका क्रमामा बुधबार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
उनको हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले सोही उपमहानगरपालिका-१९ बस्ने २० वर्षीय सुजन भन्ने गोपाल लामगादे समेत तीन जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।