दोलखामा ७७ वर्षीय वृद्धको हत्या गरेर भागेका एक व्यक्ति काठमाण्डौमा लुकेर बसेको अवस्थामा पक्राउ

दोलखामा ७७ वर्षीय वृद्धको हत्या गरेर भागेका एक व्यक्ति काठमाण्डौमा लुकेर बसेको अवस्थामा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २३ जेष्ठ २०८१
  • 4.6K
    Shares

पोखरा, २3 जेठ २०८१/

दोलखामा ७७ वर्षीय वृद्धको हत्या गरेर काठमाण्डौमा आई लुकेर बसेका एक युवा पक्राउ परेका छन्। भीमेश्वर नगरपालिका १ सुष्पाक्षमावतीका ७७ वर्षीय झिलकबहादुर विश्वकर्माको गत जेठ २० गते हत्या गरेर भागेका सोही ठाउँका ५० वर्षीय गणेश घिमिरेलाई काठमाडौँ महानगरपालिकाको हाँडीगाउँस्थित एक घरमा लुकेर बसिरहेको अवस्थामा बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो।

विश्वकर्माको शब गत जेठ २० गते घर नजिकैको मकैबारीमा शंकास्पद अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा सो घटनामा संलग्न रहेका घिमिरेलाई खोजतलास गर्ने क्रममा आज काठमाडौँ महानगर ५ स्थित एक घरबाट पक्राउ गरिएको काठमाण्डौँको मालीगाउँ स्थित प्रहरी बृत्तले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार