पोखरा, २3 जेठ २०८१/
अबैध रुपमा नदिजन्य पदार्थ ढुंगा तथा कटिङ गरि टुक्रा पारिएका ढुंगासहित प्रहरीले दुई वटा सवारी साधनहरु समातेको छ।
कास्की जिल्लाको माछापुच्छ्रे गाउपालिकास्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको क्षेत्राधिकारबाट अबैध रुपमा नदिजन्य पदार्थ ढुंगा तथा कटिङ गरि टुक्रा पारिएका ढुंगासहित दुई वटा सवारी साधनहरुलाई प्रहरी चौकी सार्दिखोलाबाट खटिएको प्रहरी टोलिले समातेको छ।
उक्त प्रहरी टोलीले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको क्षेत्राधिकार सार्दिखोलाबाट पोखरा तर्फ आँउदै गरेको ग ३ च ४१६३ नं. को बोलेरो जिपलाई पोखरा महानगरपालिका वडा नं. १९ ठाँटीमा चेकजांच गर्दा उक्त जिपमा लोड गरी ल्याइएको कटिङ पिस ढुङ्गाको प्रयोजन खुल्ने कागजपत्र नभएको पाइएको प्रहरीले दाबी गरेको छ। त्यसपछि उक्त बोलेरो जिप र चालकलाई आबश्यक कानूनी कारबाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको कार्यालयमा पठाईएको प्रहरीले जानकारी दिएको छ।
यसै गरी सिआरभी लामाचौर कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा १६ सुन्दरफिडमा चाउथेबाट
लामाचौरतर्फ जाँदै गरेको ग १ ख ९१६१ नं. मिनि टिप्परलाई चेकजाँच गर्दा उक्त टिप्परमा नदिजन्य पदार्थ (ढुङ्गा) ल्याउँदै गरेको र साथमा प्रयोजन खुल्ने कुनै कागजपत्र नभएको कारण उक्त सवारी साधनहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।