पोखराका बजारमा मोबाइल चोरी गरेर फेसबुकमा बिज्ञापन गरी सस्तोमा बेच्ने युवा पक्राउ

पोखराका बजारमा मोबाइल चोरी गरेर फेसबुकमा बिज्ञापन गरी सस्तोमा बेच्ने युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २२ जेष्ठ २०८१
  • 12.1K
    Shares

पोखरा, २२ जेठ २०८१/

पोखराका बजारहरुमा विभिन्न व्यक्तिहरुका मोबाइल चोरी गरेर सामाजिक संजाल फेसबुकमा बिज्ञापन गरी सस्तोमा बेच्ने के जना युवालाई प्रहरीले पक्राउ गरेको छ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं. १ दाना स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. ८ जाल्पारोड बस्ने २० वर्षीय रुपेश रम्जालीलाई प्रहरीले मोबाइल चोरी गरेको आरोपमा पक्राउ गरेको हो।

अभियुक्त राम्जालीले अङ्ग्रेजी नयाँ वर्षको दिनमा पोखरा महानगरपालिका वडा नं. ६ लेकसाईडमा एक जना महिलाले भिरेको झोलाबाट आईफोन चोरी गरी आफ्नो सिम कार्ड राखेर चलाउँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो। त्यस्तै गत वर्ष चैत २० गते सहकारी दिवसको दिन पोखरा सभागृहमा आयोजित कार्यक्रममा टेबुलमाथि राखिएको सामुसङ मोबाइल पनि अभियुक्त राम्जालीले चोरी गरेको आरोप प्रहरीले लगाएको छ। अभियुक्त राम्जालीले उक्त मोबाइलमा रहेको ई-सेवा आइडी समेत ह्याक गरी नगद रु.१८,एकसय २५ रुपैयाँ पनि आफ्नो खातामा ट्रान्सफर गरेको बताइएको छ।

प्रहरीका अनुसार निजले हालसम्म विभिन्न कम्पनीका १५/१६ वटा मोबाइल चोरी गरी फेसबुकमा बिक्रीको लागि राख्ने र बिक्री पश्चात् उक्त फेसबुक आइडी डिलिट गर्ने गरेको भन्ने प्रारम्भिक सोधपुछको क्रममा थाहा लागेको छ ।

रम्जालीलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार