तनहुँमा पानी ट्यांकरले मोटरसाइकललाई ठक्कर दिंदा व्यास नगरपालिकाका इन्जिनियर कैनीको मृत्यु

तनहुँमा पानी ट्यांकरले मोटरसाइकललाई ठक्कर दिंदा व्यास नगरपालिकाका इन्जिनियर कैनीको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २२ जेष्ठ २०८१
  • 150.9K
    Shares

पोखरा, २२ जेठ २०८१/

तनहुँस्थित पृथ्वीराजमार्गमा बागमती प्रदेश ०१-००१ अ य ००३९ नम्बरको पानी ट्यांकरले ग१९ब ८३०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ब्यास नगरपालिकाका इन्जिनियरको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परेर व्यस नगरपालिकाकाे घर नक्सा शाखामा कार्यरत इन्जिनियर व्यास १२ का २९ वर्षीय प्रवीन कैनीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। पानी बोकेको ट्यांकरले इन्जिनियर कैनी चढेको उक्त मोटरसाइकललाई ठक्कर दिएको बताइएको छ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका कैनीलाई उपचारका लागि दमौली अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दिलिपकुमार हुमागाईंले जानकारी दिए । स्थानीयले ट्यांकर चालकले ट्यांकर ब्याक गरेर मोटरसाइकल चालक कैनीलाई किचेको आरोप लगाएका छन् ।

ट्यांकर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि स्थानीयले करिब दुई घण्टा राजमार्ग अवरुद्ध गरेका थिए । दिउँसो ४ बजेपछि राजमार्ग सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार