पोखरा, १९ जेठ २०८१/
पोखरामा चोरी भएका साइकलहरु किनबेच गरेको आरोपमा प्रहरीले एक जना फर्निचर बयाबसायीसैत चार जना पक्राउ परेका छन्। पक्राउ परेका चार जना मध्ये दुई जना बालक पनि रहेका छन्।
केही समय यता पोखरामा साइकल चोरीको घटनाहरु भैरहेको अवस्थामा पोखरा महानगरपालिका वडा नम्बर ५ जिरोकिलोमिटरस्थित फर्निचर उद्योगमा किनबेच भैरहेको अवस्थामा उक्त उद्योगका संचालक सिन्धुपाल्चोक घर भएका ५१ वर्षीय भिमसेन थामीसहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। सोहि आरोपमा स्याङजाको फेदिखोला गाउँपालिका वडा नं. ६ घर भएका २४ वर्षीय मदन सुनार र पोखरा ५ जिरो किलोमिटरका १७ तथा १४ वर्षका दुई जना बालक पनि पक्राउ परेको प्राप्त जानकारीमा उल्लेख छ।
वडा प्रहरी कार्यालय बैदाम पोखराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट छ वटा साइकलहरु पनि बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका अभियुक्तहरु
१. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. -०५ जिरो बस्ने बर्ष १४ को
बालक
२. ऐ.ऐ बस्ने बर्ष १७ को बालक
३. जिल्ला स्याङजा फेदिखोला गाउँपालिका वडा नं. -०६ घर भई ऐ. बस्ने बर्ष २४
को मदन सुनार
४. जिल्ला सिन्धुपाल्चोक घर भई ऐ. बस्ने उक्त फर्निचर संचालक बर्ष ५१ को
भिमसेन थामीलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको ।
साथै उक्त साइकलहरु कोही कसैको चोरी भएको भएमा प्रमाण लाग्ने कागजात
सहित वप्रका बैदाममा सम्पर्क गर्नुहुन अनुरोध छ ।
पक्राउ व्याक्तिहरूको फोटो :-