पर्वतमा श्रीमान नभएको बेला आफ्नै कोठाभित्र महिला बलात्कृत, चार जना पक्राउ

पर्वतमा श्रीमान नभएको बेला आफ्नै कोठाभित्र महिला बलात्कृत, चार जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १८ जेष्ठ २०८१
  • 25.4K
    Shares

सामूहिक वलात्कार

पोखरा, १८ जेठ २०८१/

पर्वतमा श्रीमान् घरमा नभएको बेला एक महिला सामुहिक वलात्करको शिकार भएकी छिन्। पर्वतको जलजला गाउँपालिका वडा नम्बर ४ कि एक महिलामाथि सोमवार राती करिब एक बजेको समयमा श्रीमान घर नभएको बेला सामूहिक वलात्कार भएको हो।

उक्त सामूहिक वलात्कारको घटनामा संलग्न रहेको आरोपमा जलजला गाउँपालिका–४ मोहनचोक बस्ने ३२ वर्षीय सागरबहादुर मल्ल, २१ वर्षीय आकाश केसी, २२ वर्षीय सन्देश क्षेत्री र म्याग्दीको बेनी नगरपालिका–४ घर भई हाल पर्वतकै जलजला गाउँपालिका–४ बस्ने ३६ वर्षीय कुशल मल्ललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक भवन बरामले जानकारी दिए।

उनीहरुले महिलाको घरको कोठामा प्रवेश गरी सामूहिक रूपमा जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा उनीहरूलाई सोही दिन पक्राउ गरी जबरजस्ती करणी गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पर्वत जिल्ला अदालतबाट पहिलो पटक सात दिनको म्याद थप गरी उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बरामले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार