पोखरा, १८ जेठ २०८१/
काठमाडौँको ठमेल क्षेत्रमा रातिको समयमा अनैतिक क्रियाकलाप गर्ने कार्यमा संलग्न रहेको आरोपमा नौ जना विदेशीसहित १५ महिला पक्राउ परेका छन्। गएराति प्रहरीले विशेष अपरेशन चलाएर उनीहरुलाई पक्राउ गरेको हो।
पर्यटकलाई दुर्व्यवहार गर्ने, हैरानी दिने तथा अनैतिक क्रियाकलाप गर्ने गरेको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। यसरी पक्राउ पर्नेमा एकजना केन्या र अरु युगाण्डाका महिला छन्। अन्य ६ जना भने नेपाली रहेका प्रहरीले जनाएको छ।
उनीहरुमाथि अभद्र व्यवहारको कसुरमा अदालतबाट पांच दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ।