पोखरा, १८ जेठ २०८१/
गोरखामा घाँस काट्न गएकी सुस्त मनस्थितीकी एक किशोरी वलात्कृत भएकी छिन। गोरखाको भीमसेन थापा गाउँपालिका–२ तान्द्राङका ४५ बर्षिय भगिरथ भन्ने कृण्णप्रसाद सोडारीलाई घाँस काट्न गएकी सोही ठाउँकी सुस्त मनस्थितीकी १६ वर्षीया एक किशोरीलाई बुधबार साँझ ५ः३० बजे वलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
जेष्ठ १६ गते ५ः३० बजेको समयमा घाँस काट्न गएकी नाबालिकालाई डर–त्रास तथा धाक–धम्की देखाई बारी नजिकै रहेको गोठमा लगी जबरजस्ती करणी गरेको भन्दै पिडित बालिकाको आफन्तको उजुरी परे लगत्तै सोडारीलाई तत्काल पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए । ‘बालिकालाई अर्धचेत बनाएर छाडेको रहेछ,’ उनले भने, ‘शरीरको बिभिन्न भागमा चोटपटक समेत देखिएको छ ।’
पक्राउ परेको सोडारीलाई बिहीबार जबरजस्ती करणी शिर्षक मुद्वा दर्ता गरी गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरी प्रहरीको हिरासतमा राखेर अनुसन्धान थालेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।