पोखरा, १७ जेठ २०८१/
कास्की जिल्लाको नागडांडा नजिक लेवाडेको फेदीमा आज एकाबिहानै बस दुर्घटना हुँदा सात जना घाइते भएका छन्।
काठमाडौँबाट म्याग्दीतर्फ जाँदै गरेको बा५ख २८५ नम्बरको बस कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका-१ लेवाडेमा आज बिहान पौने चार बजे दुर्घटनाग्रस्त हुँदा सात जना घाइते भएका हुन्।
उक्त दुर्घटनामा परेर म्याग्दीको मालिकाका ३९ वर्षीय टकबहादुर कामी, म्याग्दीकै मंगला गाउँपालिका वडा नम्बर-१ निस्कोटका ४५ वर्षीय प्रेम पुन, मालिका वडा नम्बर-८ का ५७ वर्षीय तिलक शर्मा, दरबाङकी १५ वर्षीया सबिता श्रीपाली, दरबाङकै १७ वर्षीया भीमसेन अधिकारी, मंगला गाउँपालिका- १ सिमह बस्ने वर्ष ५७ की हरी केसी र म्याग्दीकै २५ वर्षीया रञ्जना हमाल घाइते भएका जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिएका छन्। दुर्घटनामा बसका चालक पर्वतको जलजला गाउँपालिका वडा–८ बस्ने ३६ वर्षीय बलबहादुर फगामी मगर पनि घाइते भएका शर्माले बताए।
घाइते चार जनाको मणिपाल अस्पताल पोखरा र तीन जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइहेको प्रहरीले जानकारी दिएको छ।
घाइतेहरुको अवस्था
1. चालक – जिल्ला पर्वत जलजला गा.पा. वडा नं.८ बस्ने बर्ष ३६ को बल बहादुर फगामी
मगर बाहिरी चोट नदेखिएको, अवस्था मध्यम रहेको निजको मणिपाल शिक्षण
अस्पताल पोखरामा उपचार भई रहेको ।
2. जिल्ला म्याग्दी मालिका बस्ने बर्ष ३९ को टक बहादुर कामी बायाँ हातमा चोट, अवस्था
मध्यम निजको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भई रहेको ।
3. जिल्ला म्याग्दी मंगला गा.पा.१ निस्कोट बस्ने बर्ष ४५ को प्रेम पुन निधार र दुबै हातमा
चोट, अवस्था मध्यम, निजको गण्डकी मेडिकल कलेजमा उपचार भई रहेको ।
4. ऐ.८ बस्ने बर्ष ५७ को तिलक शर्मा बायाँ कुईनामा चोट अवस्था मध्यम, निजको गण्डकी
मेडिकल कलेजमा उपचार भईरहेको ।
5. जिल्ला म्याग्दी घर बताउने बर्ष २५ की रञ्जना हमाल मुखमा चोट अवस्था मध्यम,
निजको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भई रहेको ।
6. जिल्ला म्याग्दी मालिका दरबाङ बस्ने बर्ष १५ की सबिता श्रीपालीको दायाँ कुममा चोट,
अवस्था मध्यम, निजको गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको ।
7. जिल्ला म्याग्दी मंगला गा.पा.१ सिमह बस्ने बर्ष ५७ की हरी के.सी. टाउको दुखेको,
बाहरी चोट नभएको, अवस्था सामान्य निजको मणिपाल शिक्षण अस्पतालमा उपचार
भई रहेको ।
8. जिल्ला म्याग्दी मालिका गा.पा. ६ दरबाङ बस्ने वर्ष १७ को भिमसेन अधिकारी
कम्मरमा चोट अबस्था समान्य, बेनी अस्पताल म्याग्दीमा उपचार भई रहेको ।