पोखरा, १७ जेठ २०८१/
गएराती सुर्खेतमा बोलेरो जीप दुर्घटनाग्रस्त हुँदा तीन जना यात्रीको मृत्यु भएको छ।
सुर्खेतबाट कालिकोट जाँदै गरेकाेे बाेलेराे जीप सुर्खेतको रातानाङ्गला नजिकै बिहीबार विहान २ बजे दुर्घटनामा परेकाे हो । दुर्घटनामा तीन जनाकाे मृत्युु भएको छ । दुई जनाको शव रुखमा अड्किएको अवस्थामा भेटिएको हो । अरु दुईजना घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल पुर्याइएको छ ।
उक्त जिप सडकदेखि करिब एकसय मिटर तल खसेकाे प्राप्त समाचारमा जनाइएको छ । पाँच जना यात्रु सवार रहेकाे उक्त जीप दुर्घटना बारे बिस्तृत विवरण आउन बाँकी छ।
यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, बैतडी सदरमुकाम गाेठलापानीबाट भारतीय सीमानाका झुलाघाटतर्फ गइरहेको सुप प्र ०१००१ज १५०० नम्बरकाे जिप बुधबार दिउँसो ३ बजेतिर दशरथचन्द नगरपालिका १० भगाेडेनाेला दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।
उक्त दुर्घटनामा परेर बैतडीको दाेगडाकेदार गाउँपालिका ६ सित्तड माइत भइ भारतकाे पिथाैरागढ घर भएकी २१ वर्षीया मिना जाेशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।
सोही दुर्घटनामा परेर मृतक मिनाका श्रीमान ३० निरज भट्ट, दशरथचन्द नगरपालिका ६ गाजरी ४५ वर्षीया जानकी चुनारा , मेलाैली नगरपालिका २ का ७६ वर्षीय कृष्णबहादुर चन्द,पुर्चाैडी नगरपालिका ५ कुवाकाेटकी २८ वर्षीया निरा कुँवर,दशरथचन्द नगरपालिका १० का २८ वर्षीय ललितराम टमटा, साेही ठाउँका ३० वर्षीया निर्मला टमटा, निर्मलाका छाेरा ८ वर्षीय कार्तिक टमटा, दशरथचन्द नगरपालिका २ देहिमाडाैं माइत भएर भारतकाे पिथाैरागढ घर भएकी २४ वर्षीया रतना काेहरा र रतनाका श्रीमान २६ वर्षीय किसन काेहरा घाइते भएका छन् ।
घाइतेमध्ये जानकीकाे अवस्था गम्भीर, ललितरामकाे मध्यम र अन्यकाे अवस्था सामान्य रहेकाे प्रहरी प्रवक्ता केसीले बताउनुभयो । घाइते सबैको जिल्ला अस्पतालमा भइरहेको छ ।
अनियन्त्रित भएर खसेकाे जीप सडकबाट ३० मिटर तल खसेकाे छ। जीपमा चालकसहित १३ जना सवार रहेकाेमा २ जना सकुशल रहेका छन्।
चालक दार्चुलाकाे लेकम गाउँपालिका ३ लालीका ३१ वर्षीया भुवन टमटा फरार रहेका र उनकाे खाेजी कार्य चलिरहेकाे छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।