पर्वतमा एक जना युवती सामूहिक वलात्कारको शिकार भएकी छिन।
पर्वतकी २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् ।
पर्वत प्रहरीका अनुसार पक्राउ पर्नेमा जलजला गाउँपालिका–४ मोहनचोक बस्ने ३२ वर्षीय सागर बहादुर मल्ल, २१ वर्षीय आकाश केसी, २२ वर्षीय सन्देश क्षेत्री र म्याग्दी बेनी नगरपालिका–४ घर भएका ३६ वर्षीय कुशल मल्ल छन् ।
उनीहरूले युवतीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
सो विषयमा हाल प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।