नवलपुरमा मन्टेश्वरी कक्षामा पढ्ने बालबालिका बोक्ने भ्यानमा आगलागी, चालक घाइते

नवलपुरमा मन्टेश्वरी कक्षामा पढ्ने बालबालिका बोक्ने भ्यानमा आगलागी, चालक घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १६ जेष्ठ २०८१
  • 4K
    Shares

आगलागी भएको नवलपुरस्थित लर्ड बुद्द बोर्डिङ स्कुलको बा७च ५९९३ नं.को भेन

पोखरा, १६ जेठ २०८१/

नवलपुरमा मन्टेश्वरी कक्षामा पढ्ने बालबालिका बोक्ने भ्यान गुडिरहेको अवस्थामा अचानक आगलागी हुँदा क्षतिग्रस्त भएको छ भने आगो निभाउने क्रममा चालक घाइते भएका छन्।

कावासोती नगरपालिकाको पाँचकठ्ठा स्थित लर्ड बुद्द बोर्डिङ स्कुलको बा७च ५९९३ नं.को भ्यानमा आगलागी हुँदा क्षतिग्रस्त भएको हो। मन्टेश्वरी कक्षाको १२ जना बिधार्थी छोडेर फर्कने क्रममा उक्त भ्यानमा आगो लागे पछि निभाउन खोज्दा चालक २८ वर्षीय रोहित महतो घाइते भएको प्रहरीले जानकारी दिएको छ। उनको दुवै हात जलेको र अवस्था सामान्य रहेको प्राप्त समाचारमा जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार