झापाको गौरादहबाट बेपत्ता दुई बालक १६ घण्टापछि मोरङको पथरीमा भेटिए

झापाको गौरादहबाट बेपत्ता दुई बालक १६ घण्टापछि मोरङको पथरीमा भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १६ जेष्ठ २०८१
  • 5.7K
    Shares

पोखरा, १६ जेठ २०८१/

आफ्ना बुवालाई चिठी लेखेर झापाको गौरादहबाट बेपत्ता भएका दुईजना बालक १६ घण्टापछि भेटिएका छन् ।

गौरादह–१ बेलडाँगीचोकका बेपत्ता भएका भूपेन खड्काका दुई छोरा १४ वर्षीय खगेन्द्र खड्का र देव खड्का मोरङको पथरीस्थित एक घरमा आश्रय लिएर बसेको अवस्थामा भेटिएका हुन् ।

मंगलबार बिहान १० बजेदेखि बेपत्ता भएका उनीहरुलाई गौरादह वडा नम्बर १ का वडा सदस्य जमुन राईको रोहबरमा आज बुधबार बिहान २ बजे बालकहरुलाई परिवारको जिम्मा लगाइएको प्राप्त समाचारमा जनाइएको छ ।

स्थानीय मोती माध्यमिक विद्यालय सीतापुरीमा अध्ययनरत बालकहरुले बुवा, आमा र दिदीलाई ‘हाम्रो चिन्ता नलिनु हामीलाई नखोज्नु, हामी गौरीगञ्जतिर जान्छौँ’ भनेर एउटा चिठी लेखेर सिरानीमुनि राखेर घरैबाट बेपत्ता भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार