घरपरिवारलाई चिट्ठी लेखेर झापाबाट एकैघरका साना दाजुभाइ बेपत्ता

घरपरिवारलाई चिट्ठी लेखेर झापाबाट एकैघरका साना दाजुभाइ बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १६ जेष्ठ २०८१
  • 233.8K
    Shares

पोखरा, १६ जेठ २०८१/

घरपरिवारलाई चिट्ठी लेखेर झापाबाट एकैघरका साना दाजुभाइ मंगलबार बिहान १० बजेदेखि बेपत्ता भएका छन्

झापाको गौरादह-१ बेलडाँगीचोकका भूपेन खड्काका दुई छोरा १४ वर्षीय खगेन्द्र खड्का १२ वर्षीय देव खड्का आज बिहान १० बजेदेखि चिट्ठी लेखेर सिरानीमा राखी बेपत्ता भएका हुन् ।

स्थानीय मोती माध्यमिक विद्यालय सीतापुरीमा अध्ययनरत उनीहरुले बुवा, आमा र दिदीलाई ‘हाम्रो चिन्ता नलिनु हामीलाई नखोज्नु, हामी गौरीगञ्जतिर जान्छौँ’ भनेर एउटा चिठी लेखेर सिरानीमुनि राखेर घरबाट बेपत्ता भएका हुन् ।

यो समाचार तयार पार्दासम्म पनि बालकहरु नभेटिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनीहरुले चिठीमा ‘जति खोज्नु हुन्छ, त्यति नै भाग्छौँ’ भन्दै लेखेका छन् ।

बेपत्ता भएका नाबालकका बुबा भूपेन खड्काले देख्नु हुने महानुभावलाई प्रहरी कार्यालय वा मोबाइल नम्बर ९८१४९०४७२३ मा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार