पोखरा, १२ जेठ २०८१/
गएराती रुपन्देहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। गएराती रुपन्देहीको तिलित्तमा नगरपालिका र बुटवल उप्महान्गराप्लिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको हो।
प्रहरीका अनुसार, तिलोत्तमा नगरपालिका वडा नं ४ ड्राईभरटोलमा लु ३१ प १६४२ नंम्वरको मोटरसाईकल गएराती १०ः३० बजे अनियन्त्रीत भई पल्टिदा गम्भीर घाइते भएका मोटरसाइकल चालक तिलोत्तमा ६ का २४ बर्षिय बिवेक डुम्रेको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका डुम्रेको उपचारको क्रममा लुम्विनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ।
यसैगरी गएराती बुटवलको जितगढीमा भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। प्रदेश नं ३ – २००२ प २०३६ नम्वरको मोटरसाईकल गएराती १०ः३० बजे अनियन्त्रित भई सडकमा पल्टिदा मोटरसाइकल चालक सैनामैना नगरपालिका वडा नं ४ बस्ने ४२ बर्षिय गोबिन्द अर्यालको मृत्यु भएको हो।
प्रहरीका अनुसार अर्यालले चलाएको राती १०ः३० बजे अनियन्त्रित भई सडकमा पल्टिएको थियो।
मोटरसाईकल पल्टिदा गम्भिर घाईते भएका अर्याललाई उद्धार गरि उपचारका लागि लुम्विनी प्रादेशिक अस्पताल लगिएकोमा राती पौने १ बजे उपचारको क्रममा उनको मृत्यृ भएको प्रहरीले जनाएको छ।