अबैध लागू औषध गाँजासहित पोखराबाट युवती पक्राउ परिन्

अबैध लागू औषध गाँजासहित पोखराबाट युवती पक्राउ परिन्


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • 189.8K
    Shares

अबैध लागू औषध गाँजासहित पोखराबाट पक्राउ परेकी बासना गुरुङ

पोखरा, ११ जेठ २०८१/

अबैध लागू औषध गाँजासहित पोखराबाट रक जना युवती पक्राउ परेकी छिन्। धादिङको ज्वलामुखी गाउँपालिका वडा नं. ७ स्थायी घर भइ पोखरा महानगरपालिकाको वडा नम्बर ५ प्रस्याङ बस्ने वर्ष २२ की वास्ना गुरुङ अबैध लागू औषध गाँजासहित पोखराबाट पक्राउ परेकी हुन्।

उनलाई बुधबार राती पौने नौ बजेको समयमा पोखरा महानगरपालिका वडा नं. १० बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीले जानकारी दिएको छ। अभियुक्त गुरुङको साथबाट अबैध लागू औषध गाँजा दुइसय १० ग्राम पनि बरामद भएको प्रहरीले दाबी गरेको छ।

अभियुक्त फुरुङबिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा पांच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार