पोखरा, ८ जेठ २०८१/
गएराती सडकमा रोकी राखेको ट्रिपरमा मोटरसाइकल ठोक्किदा मोरङमा एक जना सब इन्जिनियरको मृत्यु भएको छ ।
सुन्दरहरैँचाको हरैँचाबाट विराटनगरतर्फ आउँदै गरेको को १ ब १३८४ नम्बरको सरकारी मोटरसाइकल ग्रामथान गाउँपालिका-५ तेतरिया चोकमा रोकिराखेको ना ५ ख ७०७९ नम्बरको ट्रिपरमा आइतबार राति बजेतिर ठोक्किएर दुर्घटनाग्रस्त भएको हो ।
उक्त दुर्घटनामा परेर ग्रामथान गाउँपालिकाका सब इन्जिनियर (ओभरसियर) ३५ वर्षीय मोहम्मद मुक्तार खानको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।
ना ५ ख ७०७९ नम्बरको टिपरको पछाडिको भागमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा चालक ३५ वर्षीय मोहम्मद मुक्तार खानको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । खान ग्रामथान गाउँपालिकाका सब इन्जिनियर (ओभरसियर) हुन् ।
सप्तरी घर भएका उनी विराटनगर महानगरपालिका-१ मा डेरा बस्दै आएका थिए ।