ठकुरी बस्तीमा एकदिने नि:शुल्क आँखा शिविर : एकसय ३७ जनाले लाभ लिए

ठकुरी बस्तीमा एकदिने नि:शुल्क आँखा शिविर : एकसय ३७ जनाले लाभ लिए


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ७ जेष्ठ २०८१
  • 4.8K
    Shares

पोखरा, ७ जेठ २०८१/

कास्की जिल्लाको पुर्वि गाउँपालिका रुपा गाउँपालिका वडा नं ४ ठकुरी बस्तीमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

दर्शन फाउन्डेसनको आयोजना तथा गोर्खा कालिका क्लव र दर्शन आमा समुहको सहआयोजना साथै हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा आयोजित एक दिने नि:शुल्क आँखा जाँच शिविरमा कास्की र लमजुङका गरि एक सय ३७ जनाले लाभ लिएका छन् ।

हिमालय आँखा अस्पतालका वरिष्ठ नेत्र अधिकृत गोबिन्दनाथ योगीले आँखाको महत्वबारे प्रकाश पार्दै शिविरमा सहभागी मध्य अप्रेसन नै गर्नुपर्ने बिरामीहरुलाई रेफर गर्दै अस्पतालले निशुल्क अप्रेसन गर्ने गरि आँखाको हिफाजतबारे जानकारी गराए ।

कार्यक्रममा रुपा गाउपालिकाको अध्यक्ष एवम् प्रमुख अतिथि नवराज ओझाले साविक सिद्ध गाविसमा पहिलो पटक शिविर संचालन गरेकोमा बधाई शुभकामना दिदै रुपामा क्लब, समुहले स्वास्थ्य सम्बन्धी कार्यक्रम आयोजना गर्नु पर्ने बताए ।

उनले युवा क्लवहरु प्रायः सामान्य खेलकुद सामाग्री, महिला समुहहरु भाँडाकुडा मात्र माग गर्ने गरेका वताए । स्वस्थ आँखा भयो भने झिलिमिली सन्सार हेर्न मात्र होइन दैनिक कामकाजमा सहज हुन्छ भन्दै रुपा मै क्लवद्वारा आयोजना गरिएको आँखा शिविर दोस्रो पटक भएको समेत बताए ।

विभिन्न भेगबाट आँखा जाँचका लागि आएका मध्ये अवस्था हेरी चश्मा तथा औषधि समेत निशुल्क वितरण गरिएको थियो ।

दर्शन फाउण्डेशनका अध्यक्ष पितमबहादुर सेनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव मदन मल्ल छाँयाले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार