ठुलो मात्रामा अबैध लागू औषधसहित तीन युवा पोखराबाट पक्राउ

ठुलो मात्रामा अबैध लागू औषधसहित तीन युवा पोखराबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ७ जेष्ठ २०८१
  • 9K
    Shares

पोखरा, ७ जेठ २०८१/

अबैध लागू औषधसहित तीन युवा पोखराबाट पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्यूरो शाखा
कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्याकय रामबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिबार पोखरा महानगरपालिका वडा नम्बर ११ स्थित रामघाटबाट अबैध लागू औषधसहित तीन युवालाई पक्राउ गरेको हो।

पक्राउ परेका अभियुक्तहरुमा पोखरा १११ रामघाटका ३६ वर्षीय धन बहादुर गौतम, ललितपुर घर भै हाल पोखरा ९ बस्ने वर्ष २७ को सन्दिप मिजार र पोखरा १४ बस्ने वर्ष १८ को नितेश लामा रहेका प्रहरीले जानकारी दिएको छ। उनीहरुको साथबाट प्रहरीले अविध लागू औषध नुर्फिन ८७ एम्पुल, डाईजेपाम ८७ एम्पुल र फेनेरागन ८७ एम्पुल, गरी जम्मा दुईसय ६१ एम्पुल लागू औषध र मोबाईल दुई थान बरामद गरेको प्रहरीको दाबी छ।

पक्राउ परेका तीनै जना अभियुक्तहरुबिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी
मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार