पोखरा, ६ जेठ २०८१/
बुटवलमा आज एकाबिहानै बिरामी बोकेको एम्बुलेन्सले तीन जनालाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
अर्घाखाँचीदेखि बुटवलतर्फ आउँदै गरेको लु १ झ ५३१ नम्बरको एम्बुलेन्सको ठक्करबाट आइतबार विहान ५:३१ बजे रुपन्देहीको बुटवल-१३ झोलुङ्गे पुल नजिकै ठक्कर दिंदा बुटवल-११ देवीनगरकी ५६ वर्षीया कमला नेपालीको मृत्यु भएको हो।
ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार, सोही एम्बुलेन्सको ठक्करबाट उनीसँगै पैदल हिँडेका सोही ठाउँका ५५ वर्षीया कमला नेपाली र ३५ वर्षीया झुपा ठटराई घाइते भएका छन् । एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएर पहरीले थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।