पोखरा, ३ जेठ २०८१/
बागलुङमा बुधबार साँझ जिप दुर्घटना हुँदा चालकसहित पांच जना घाइते भएका छन्। बुर्तिबाङदेखि यात्रु लिएर ढोरपाटन नगरपालिका–५ चौरका लागि छुटेको ग २ च २३१४ नम्बरको पिकअप जीप बागलुङको ढोरपाटन नगरपालिका वडा न. ५ मस्तिमा बुधबार साँझ करीब पांच बजेको समयमा दुर्घटनाग्रस्त भएको हो।
उक्त दुर्घटनामा परेर ढोरपाटन नगरपालिका(५ चौरकी २४ वर्षीया सावित्रा विक, २३ वर्षीया लक्ष्मी विक, २३ वर्षीया अनुसा विक, १० बर्षीय मनोज विक, २३ वर्षीया टिका विक, २९ वर्षीया पुजा विक, ४० वर्षीया पूर्णकला विक, २३ वर्षीया अनिता पौडेल र उनका १८ महिनाको छोरा प्रिन्स पौडेल, ४२ वर्षीया ज्ञान बहादुर घर्ती, २८ वर्षीया मिना विक, ढोरपाटन नगरपालिका–२ अर्नाकोटका २० वर्षीया धनकुमारी क्षेत्री, १९वर्षीया सिता रोका,निसीखोला गाउँपालिका–२ का २० वर्षीया मिना कार्की र उनको तीन महिनाको छोरी सुहाना कार्की र चालक तमानखोला गाउँपालिका–४ का ३० वर्षीय अमन सिर्पाली घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए।
घाइतेहरूको उद्धार गरेर उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको प्रहरी निरीक्षक विकले बताए। जीप व्याक गर्ने क्रममा सडकदेखि २० मिटर तल खसेको प्रनि विकले बताए।
वर्षात भइरहेको र सडक चिप्लो र धेरै यात्रु रहेका कारण दुर्घटना भएको हुन सक्ने यात्रुले बताएका छन ।