काभ्रेमा रुखमा तारले बाँधेर आगो लगाएको अवस्थामा भेटिएको शवको भयो सनाखत

काभ्रेमा रुखमा तारले बाँधेर आगो लगाएको अवस्थामा भेटिएको शवको भयो सनाखत


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २ जेष्ठ २०८१
  • 3.4K
    Shares

पोखरा, २ जेठ २०८१/

एक साताअघि काभ्रेको पाँचखालको जंगलमा रुखमा तारले बाँधेर आगो लगाइ हत्या गरेको अवस्थामा भेटिएको शवको सनाखत भएको छ। गएको शुक्रबार पाँचखाल नगरपालिका वडा नम्बर ४ जिरोकिलोमा सडकबाट करिब ५० मिटर तल बिराजे खोल्चा जंगलमा हत्या गरेको अवस्थामा भेटिएको शब दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ राम्पाका ५४ विष्णुप्रसाद सुवेदीको रहेको भन्दै सनाखत भएको छ।

उक्त शब आफ्नो बुबाको भन्दै छोरा सुमन सुवेदीले शवको सनाखत गरिदिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक डीएस्पी राजकुमार श्रेष्ठले जानकारी दिए। मृतक सुवेदीका माथिल्लो भागमा तीन वटा र तल्लो भागको दाँया पट्टि चार वटा र बाँया पट्टि पाँच वटा मात्रै दाँत थिए। सोही आधारमा सुमनले मृतक आफ्नो बुवा हुन् भनेर सनाखत गरेका प्रहरीले जनाएको छ।

मुख र छातीमा फलामको तारले रुखमा बाँधेर जलाएर हत्या गरिएको अवस्थामा उनको शव फेला परेको थियो। सडिसकेको शव चिन्न सक्ने अवस्थामा नहुँदा सनाखतमा समस्या भएको थियो।

गएको वैशाख २३ गते बिहान उनी ललितपुरको माहालक्ष्मी नगरपालिका ५ टिकाथललीस्थित घरबाट हिँडेपछि सम्पर्कविहीन दिए।

आफन्तले धेरैतिर खोजतलास गर्दा पनि फेला पार्न नसकेपछि वैशाख २४ गते जिल्ला प्रहरी कार्यालय काभ्रेमा खोजतलासको लागि निवेदन दिएका थिए।

उनको हत्या कसले र किन गर्यो खुल्न नसकेको प्रहरीले जनाएको छ। प्रहरीले यस घटनामा थप अनुसन्धान अघि बढाएको बताएको छ। मृतकका छोरा सुमनले शव बुझेर लगेका डीएसपी श्रेष्ठले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार