खुकुरी हानेर भागेका दुई जना पोखराबाट पक्राउ

खुकुरी हानेर भागेका दुई जना पोखराबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २ जेष्ठ २०८१
  • 23.8K
    Shares

कुटपिटमा संलग्न विजय श्रेष्ठ र लगिन थापा

पोखरा, २ जेठ २०८१/

पोखरामा खुकुरी हानेर भागेका दुई जना युवा झन्डै डेढ हप्तापछि पक्राउ परेका छन्।

पोखरा महानगरपालिका वडा नम्बर ३ नदीपुरमा गएको चैत २२ गते मध्यराती आपसी झडपका क्रममा खुकुरी हानेर भागेका दुई जना युवालाई प्रहरीले आइताबार पोखराबाट पक्राउ गरेको हो।

पोखरा ३ नदिपुर बस्ने वर्ष ३१ को विजय श्रेष्ठ र बाग्लुङ स्थायी घर भई हाल पोखरा २५ हेम्जा बस्ने वर्ष २८ को  लगिन थापालाई खुकुरी हानेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। उनीहरुलाई पोखरा १ बगरबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

उनीहरुले कसलाई किन खुकुरी हानेको हो र खुकुरी हानेर घाइते बनाइएका भनिएका व्यक्ति को हुन् भन्ने बारेमा प्रहरिले केही खुलाएको छैन।

उनीहरुविरुद्ध प्रहरीले अभद्र ब्यबहार सम्बन्धि मुद्दामा दुई दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार