पोखरा, १ जेठ २०८१/
कैलालीको लम्कीमा भारतीय नम्बर प्लेटको एम्बुलेन्स दुर्घटना हुँदा एक जना नेपाली युवतीको मृत्यु भएको छ । भारतको हल्द्वानीबाट बिरामी लिएर बर्दियाको राजपुरतिर जाँदै गरेको युके०४पीए१९०५ भारतीय नम्बर प्लेटको एम्बुलेन्स आज बिहान ७ बजेको समयमा लम्कीचुहा नगरपालिका ३ बलचौरमा दुर्घटनाग्रस्त हुँदा एक जना नेपाली युवतीको मृत्यु भएको हो।
उक्त दुर्घटनामा परेर बर्दियाको राजापुर नगरपालिका-९ कि १८ वर्षीया अञ्जली परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अस्पतालले बचाउन नसकिने बताएपछि भारतको हल्द्वानीबाट परिवारले अन्जलीलाई भेन्टिलेटरबाट निकालेर फिर्ता ल्याएका थिए । सोहि क्रममा एम्बुलेन्स दुर्घटनामा परेको हो ।
अन्जलीको मृत्युको कारण भने दुर्घटना वा रोग नै भन्ने विषयमा अनुसन्धानपछी मात्रै खुल्ने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । एम्बुलेन्स आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाई छ ।