पोखरा, ३१ बैशाख २०८१/
दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
बिजलुीको पोल बोकको भे.१ त ८९६ नम्बर ट्रयाक्टर दुल्लु नगरपालिका –६ घडास्थित भित्री सडक खण्डमा आइतबार साँझ दुर्घटनामा परेको हो। उक्त दुर्घटनामा परेर दुल्लु नगरपालिका–६ धाडामा दुर्घटना हुँदा दुल्लु नगरपालिका–६, खच्चै गैराका ५५ वर्षीय मानबहादुर रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
दुर्घटनामा चालक, सहचालक गरी ६ जना घाइते भएका छन् । घाइतेमध्ये दुल्लु नगरपालिका–६, का ५६ वर्षीय कमारो रावलको अवस्था गम्भीर छ भने उनको बायाँ खुट्टामा चोट लागेको छ ।
यस्तै, ४८ वर्षीय दानबहादुर रावलको दाहिने खुट्टामा चोट लागेको छ भने ट्याक्टरका साहु ३१ वर्षीय ललित खड्काको मुख, हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।
तीनजनाको दुल्लु अस्पतालमा उपचार भइरहेको छ भने ३ जनालाई प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको छ ।