२३ वर्षीय युवतीको नक्कली फेसबुक बनाएर अश्लिल भिडियो अपलोड गर्ने युवा गोरखाबाट पक्राउ

२३ वर्षीय युवतीको नक्कली फेसबुक बनाएर अश्लिल भिडियो अपलोड गर्ने युवा गोरखाबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३१ बैशाख २०८१
  • 8.1K
    Shares

पोखरा, ३१ बैशाख २०८१/

२३ वर्षीय युवतीको नक्कली फेसबुक एकाउन्ट बनाएर अश्लिल भिडियो अपलोड गर्ने एक जना युवा गोरखाबाट पक्राउ परेका छन्।

गोरखाको बारपाक सुलिकोट गाउपालिका वडा नं.२ बस्ने बर्ष २५ को मनध्वज घले २३ वर्षीय युवतीको नक्कली फेसबुक एकाउन्ट बनाएर अश्लिल भिडियो अपलोड गरेको आरोपमा पक्राउ परेका हुन्।

अभियुक्त घलेले ती महिलाको Fake Facebook Account बनाई सामाजिक सञ्जालमा अनावश्यक रुपमा पोष्ट गरी, अश्लिल भिडियो र तस्विरहरु राखी बेईज्जत गरेको प्रहरीको आरोप छ।

अभियुक्त घलेबिरुद्ध प्रहरीले गोरखा जिल्ला अदालतमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरी हिरासतमा राखेर आबश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार