बागलुङमा हत्यारा ठहरिएका दिदीबहिनी १८ वर्षपछि कपिलवस्तुबाट समातिए

बागलुङमा हत्यारा ठहरिएका दिदीबहिनी १८ वर्षपछि कपिलवस्तुबाट समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३१ बैशाख २०८१
  • 7.3K
    Shares

बागलुङ/ बागलुङमा १८ वर्ष अघि भएको हत्या काण्डमा दोषी ठहर भएका दिदिबहिनि कपिलवस्तुबाट पक्राउ परेका छन।

२०६३ बैशाख ३० गते कर्तव्य ज्यान मुद्दामा सर्वाेच्च अदालतले दोषी ठहर गर्दै १० वर्षको कैद फैसला तोकेपछि फरार रहेका दिदिबहिनीलाई प्रहरीले १८ वर्षपछि कपिलवस्तुबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरी टोलीले बागलुङको निसीखोला गाउँपालिका वडा नं. ४ घर भई हाल कपिलवस्तुको वाणगंगा नगरपालिका–७ बनगाई बस्ने ५१ वर्षिय दुर्गा गौतम भन्ने दुर्गा आचार्य र सोही ठाउँ बस्ने उनकी ४६ वर्षिय बहिनी पार्वती आचार्यलाई कपिलवस्तुको वाणगंगाबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका दुवै जना दिदीबहिनीलाई फैसला कार्यान्वयनको लागि बागलुङ्ग जिल्ला कारागार पठाईएको बागलुङ्ग प्रहरीका प्रबक्ता प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार