पोखरा, ३१ बैशाख २०८१/
पोखरा महानगरपालिका वडा नम्बर ३३ बरपाण्डेथुमस्थित शान्ति उदय उच्च माविको ल्याप्टप लगायत विभिन्न सामान चोरी गर्ने कार्यमा बालबालिका संलग्न भएको देखिएको छ।
प्राप्त सुचनाका आधारमा उक्त चोरीमा संलग्न रहेको आरोपमा पक्राउ गरिएका चारै जना बालकहरु रहेको प्रहरीले जानकारी दिएको छ।
विद्यालयको कक्षाकोठा, कार्यालय तोडफोड गरेर चोरी गरेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीले टोलिले विभिन्न कम्पन्नीका १० थान ल्याप्टप, सात थान चार्जर, पांच थान माउससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्त कुमार शर्माले जानकारी दिए । उनीहरुले विद्यालयको ल्याप्टप, कम्प्युटर,सिसि क्यामेरा, सिसिटिभि मटिनर, लाईट, प्रोजेक्टर,साउण्ड स्पीकर कन्ट्रोलर,स्टेशनरी कागजातमा समेत क्षति पुर्याएको डिएसपी शर्माले बताए ।
पकाउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा पांच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।