मनाङमा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ

मनाङमा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३० बैशाख २०८१
  • 4.1K
    Shares

पोखरा, ३० बैशाख २०८१/

मनाङमा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय हुम्देबाट खटिएको प्रहरीले ङिस्याङ गाउँपालिका-३ ङावल बस्ने २७ वर्षीय अर्जुन राईलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।

राईले ती महिलालाई सोही ठाउँस्थित मानिस नबस्ने पुरानो घरमा एक महिनाअघि जबरजस्ती करणी गरेको आरोप प्रहरीले लगाएको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार