गएराती पोखराको फिर्केपुल बारमा स्कुटर ठोक्किंदा दुई जना घाइते

गएराती पोखराको फिर्केपुल बारमा स्कुटर ठोक्किंदा दुई जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३० बैशाख २०८१
  • 28.2K
    Shares

पोखराको फिर्केमा स्कुटर दुर्घटना

पोखरा, ३० बैशाख २०८१/

गएराती पोखरामा स्कुटर दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। पोखराको जिरो किलोमिटरदेखि बागलुङ बसपार्कतिर जाँदै गरेको ग११प ३९८६ को स्कुटर गएराती एक बजेर २० मिनेटको समयमा पोखरा-५ स्थित फिर्केपुलको बारमा ठोक्किंदा दुई जना घाइते भएका हुन्।

उक्त दुर्घटनामा परेर म्याग्दी घर भै हाल पोखरा १६ दिप बस्ने ४० वर्षीय सफल तिलिजा र पर्वत घर भै हाल लामाचौर पोखरा बस्ने ५२ वर्षीय चौबहादुर गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक भानु शर्माले जानकारी दिए। उनीहरुको अवस्था मध्यम रहेको र हाल गण्डकी मेडिकल कलेज पोखरामा उपचार भैरहेको प्रहरी निरिक्षक शर्माले बताए।

उनीहरुले मादक पदार्थ सेवन गरेकाकारण दुर्घटना भएको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार