पोखरा, २९ बैशाख २०८१/
दाङको तुलसीपुरमा अटो दुर्घटना हुदा चालकको मृत्यु भएको छ । तुलसीपुरबाट पैयाँखोरेतर्फ जादै गरेको रा १ ह ५७६९ नम्बरको अटो पैयाखोरमा दुर्घटना हुदा चालकको मृत्यु भएको हो ।
उक्त दुर्घटनामा परेर अटोचालक तुलसीपुर–३ पैयाँखोरे निवासी जिवन घर्तीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
सो अटो पैयाखोरमा अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको अनुमान गरिएको छ ।