पोखरा, २९ बैशाख २०८१/
चितवनस्थित सनराइज सहकारीका कर्मचारी आफ्नै घरकोठामा मृत भेटिएका छन्। भरतपुर महानगरपालिकाको गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय निर्मलकुमार महतो बिहीबार आफ्नै घरकोठामा मृत भेटिएका हुन्।
सनराइज सहकारीका कर्मचारी रहेका महतोको शव उनकै कोठामा फेला परेको चितवन प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले बताए । बचतकर्ताको रकम फिर्ता दिन नसकेपछि पिडितहरुको अत्याधिक दबाब पर्न थाले पछि महतोले आत्महत्या गरेको हुनसक्ने प्रहरीले आंकलन गरेको छ।
२०७८ मा उत्कृष्ट कर्मचारी भएका निर्मल २०७९ भदौपछि सहकारीले बचतकर्तालाई बचत फिर्ता दिन नसक्ने भएपछि समस्यामा पर्न थालेका थिए । पटक पटक बचतकर्ताहरू महतोकै घर समेत घेर्न आएका थिए ।