रामेछापमा जंगलमा आगो लगाउंदै हिडेका दुई जना युवालाई स्थानीय जनताले समातेर प्रहरीमा बुझाए

रामेछापमा जंगलमा आगो लगाउंदै हिडेका दुई जना युवालाई स्थानीय जनताले समातेर प्रहरीमा बुझाए


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २९ बैशाख २०८१
  • 3.5K
    Shares

रामेछापका जंगलमा आगो लगाउंदै हिडेको आरोपमा पक्राउ परेका युवा

पोखरा, २९ बैशाख २०८१/

रामेछापमा जंगलमा आगो लगाउंदै हिडेका दुई जना युवालाई स्थानीय जनताले समातेर प्रहरीमा बुझाएका छन्। रामेछाप नगरपालिका–१ मा रहेको कालिका देवी गाईखुरा सामुदायिक वन ठुलीभिर नजिकैको जंगलमा आगोे लगाउँदै हिडेको अवस्थामा दुई जना युवालाई स्थानीयले समातेर प्रहरीलाई बुझाएका हुन्।

स्थानीय बासिन्दाले प्रहरीमा बुझाएका अभियुक्तहरुमा लिखु तामाकोशी गाउँपालिकाका २३ वर्षीय अशोक महत र रामेछाप नगरपालिका–३ का सुवास महत रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार, ठुलीभिर नजिकैको कालिका देवी गाईखुरा सामुदायिक वनमा आगोे लगाउँदै हिडेका उनीहरुलाई स्थानीय बासिन्दाहरुले समातेर प्रहरीलाई खबर गरेका थिए । सोही सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता, प्रहरी निरीक्षक दिनेश थापाले जानकारी दिए । पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय रामेछापमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार