पोखरा, २८ बैशाख २०८१/
सुस्त मनस्थिति भएकी १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा लमजुङबाट एक जना पक्राउ परेका छन्। मध्यनेपाल नगरपालिका-७ का ४६ वर्षीय नवराज घिमिरेलाई प्रहरीले सुस्त मनस्थिति भएकी १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो।
अभियुक्त घिमिरेले सामान्य सुस्त मनस्थिति भएकी ती बालिकालाई बिहीबार दिउँसो साढे ३ बजेतिरको समयमा जंगलमा एक्लै हिँडिरहेको बेला पछ्याएर जबरजस्ती करणी गरेको आरोप लगाएको छ । घटनाबारे स्थानीयले थाहा पाएपछि उनी भागेको र राति ८ बजेतिर लुकिछिपी हिँडिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घिमिरेलाई पक्राउ गरी शुक्रबार जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान थालेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईंले घिमिरेविरुद्ध जबरजस्ती करणी मुद्दामा कारबाही प्रक्रिया अघि बढाएको बताए । उनले घटनाबारे अनुसन्धान भइरहेको समेत बताए ।