नवलपरासीमा ट्रयाक्टर दुर्घटना : १३ वर्षीय बालकको मृत्यु, एक गम्भीर घाइते

नवलपरासीमा ट्रयाक्टर दुर्घटना : १३ वर्षीय बालकको मृत्यु, एक गम्भीर घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २८ बैशाख २०८१
  • 4.5K
    Shares

ट्याक्टर दुर्घटना , trackter accident

पोखरा, २८ बैशाख २०८१/

नवलपरासीको सुस्तामा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

कुडियाबाट रतनगंज तर्फ जाँदै गरेको लु ३ त २८४ नं. को ट्याक्टर सुस्ता गाउँपालिका ३ बिगेट स्थित भित्री सडकखण्डमा शुक्रबार दिउँसो ४ बजे बाटोको छेउमा पल्टिएर दुर्घतानाग्रस्त भएको हो।

दुर्घटनामा परेर सुस्ता गाउँपालिका ५ तरेनी बस्ने अन्दाजी १३ वर्षका गोलु भन्ने रोहित कंकरको मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै, सुस्ता गाउँपालिका–४ नर्सही बस्ने अन्दाजी वर्ष २१ को सुकई मल्लाह गम्भीर घाइते छन्। घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल परासीतर्फ पठाइएकोमा कंकरको उपचारकै क्रममा डाक्टरले मृत घोषणा गरेका थिए। घाइते मल्लाहलाई थप उपचारको लागि भैरहवा मेडिकल कलेज भैरहवा रुपन्देहीतर्फ रिफर गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार