टन्न बियर खुवाएर बसभित्रै सामूहिक वलात्कार : पोखराबाट पक्राउ परे. तीन जना यातायात मजदुर

टन्न बियर खुवाएर बसभित्रै सामूहिक वलात्कार : पोखराबाट पक्राउ परे. तीन जना यातायात मजदुर


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २८ बैशाख २०८१
  • 14K
    Shares

सामूहिक वलात्कार आरोपमा पोखराबाट पक्राउ परेका तीन जना यातायात मजदुर

पोखरा, २८ बैशाख २०८१/

पोखरामा टन्न बियर खुवाएर यातायात मजदुरहरुले एक महिलालाई बसमा लगेर सामूहिक बलात्कार गरेका छन् ।

पोखराको अमरसिंहचौरमा कास्कीको मादी निवासी ३ जनाले एक महिलालाई बियर खुवाएर सामूहिक बलात्कार गरेका हुन्।

काठमाडौंबाट पोखरा आएकी ती महिलालाई मादी गाउँपालिका वडा नम्बर-९ घर भई पोखरा-१० अमरसिंहचोक बस्ने ३६ वर्षीय चन्द्रबहादुर थापा, मादी गाउँपालिका-१२ भगवतीटार निवासी २९ वर्षीय विनोद परियार र मादी गाउँपालिका-१२ भगवतीटार निवासी ३८ वर्षीय कृष्ण रानाभाटले सामूहिक बलात्कार गरेको कास्की प्रहरीले जनाएको छ।

उनीहरुले ती महिलालाई शुरुमा पोखरा अमरसिंहचौरमा रोकि राखेको ग १ ख ६५९५ नम्बरको बसमा लगेर ललाइफकाइ बियर खुवाएको प्रहरीको भनाई छ। त्यसपछि पालैपालो करणी गरेको प्रहरीले बताएको छ।

बलात्कार आरोप लागेका तीन जनालाई नै कास्की प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई बिहान चार बजेको समयमा बलात्कार गरिरहेको अवस्थामा प्रहरीको सिआरभी टोलीले पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) वसन्तकुमार शर्माले जानकारी दिए।

‘बसमा शंका लागेर खानतलासी गरेका रहेछन् प्रहरी साथीहरुले’, डिएसपी शर्माले भने, ‘बसभित्र हेर्दा महिलालाई नाङ्गै देखेपछि केरकार गर्दा सामूहिक बलात्कार भन्ने खुल्यो।’

उनीहरुलाई सिआरभी टोलीले तत्कालै नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय रामबजारलाई बुझाएको शर्माले जानकारी दिए। पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत कास्कीमा उपस्थित गराई सामूहिक जबरजस्ती करणी सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको डिएसपी शर्माले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार