अबैध लागू औषधसहित रुपाकोटका युवा पोखरामा समातिए

अबैध लागू औषधसहित रुपाकोटका युवा पोखरामा समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २६ बैशाख २०८१
  • 5K
    Shares

पोखरा, २६ बैशाख २०८१/

कास्की जिल्लाको रुपा गाउपालिकका एक युवा अबैध लागू औषधसहित पोखरामा समातिएका छन् । रुपा गाउँपालिका वडा नं. ६ रुपाकोट बस्ने २६ वर्षीय बर्ष गुरुङ पोखराबाट सोमबार साँझ अबैध लागू औषध सहित समातिएका हुन्।

पोखरा महानगरपालिका वडा नं.१७ छोरेपाटन स्थित सिद्धार्थ राजमार्ग सडक खण्डमा सवारी साधन चेकजाचँ गर्ने क्रममा अभियुक्त गुरुङ अबैध लागू औषधसहित समातिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। अभियुक्त गुरुङको साथबाट प्रहरीले ईजापाम चार एम्पुल, फेनेरागन चार एम्पुल र
नुर्फिन चार एम्पुल गरी जम्मा १२ एम्पुल लागू औषध बरामद गरिएको प्रहरीले दाबी गरेको छ।

अभियुक्त गुरुङबिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा १२ दिन म्याद
थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार