पोखरा, २३ बैशाख २०८१/
सामुदायिक जंगलमा आगलागी गराएको आरोपमा कास्कीको अन्नपूर्ण गाउपालिकाबाट एक जना पक्राउ परेका छन्। अन्नपूर्ण गाउपालिका वडा नं.०३ मराम्चे निवासी वर्ष ३९ का अगन्दर पौडेल स्थानीय मराम्चे सामुदायिक जंगलमा आगलागी गराएको आरोपमा पक्राउ परेका हुन्।
अभियुक्त पौडेलबिरुद्ध ले गएको शुक्रबार मराम्चे सामुदायिक जंगलमा आगलागी गराएको आरोप लगाइएको प्रहरीले जानकारी दिएको छ। अभियुक्त पौडेलले प्रहरी समक्ष आफुले सामुदायिक जंगल नजिकै रहेको आफ्नै खरबारी पाखोमा सुकेका घसेटामा आगो लगाएकोमा त्यही आगो फैलिएर उक्त सामुदायिक जंगलमा ठुलो क्षति पुगेको बताएका छन्।
प्रहरीले पक्राउ गरेका अभियुक्त पौडेललाई प्रहरीले थप अनुसन्धान कारबाहीका लागि डिभिजन वन कार्यालय बगरमा कास्कीमा पठाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।