पौडी खेल्ने क्रममा फेवातालको उत्तरी भेगस्थित हर्पन खोलामा बेपत्ता बालक मृत भेटिए

पौडी खेल्ने क्रममा फेवातालको उत्तरी भेगस्थित हर्पन खोलामा बेपत्ता बालक मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २३ बैशाख २०८१
  • 28.4K
    Shares

पौडी खेल्ने क्रममा फेवातालको उत्तरी भेगस्थित हर्पन खोलामा बेपत्ता बालक मृत भेटिए

पोखरा, २३ बैशाख २०८१/

फेवातालको उत्तरी भेग खपौदीस्थित हर्पन खोलामा डुबेर बेपत्ता भएका बालक मृत भेटिएका छन्। हर्पनखोलामा पौडी खेल्ने क्रममा बेपत्ता रहेका पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनका १५ वर्षीय सोनम सुवेदी मृत भेटिएका हुन्।

प्रहरीका अनुसार, बालक सुबेदी पौडी खेल्ने क्रममा हर्पन खोलामा बेपत्ता भएको खबर पाएपछि दिउसो साढे एक बजे सशस्त्र प्रहरीको पोखरास्थित कालिका गणमा रहेको बिपत ब्यबस्थापन कार्यदलमा कार्यरत गोताखोरहरुले खोजी शुरु गरेका थिए। खोजी शुरु गरेको करीब पौने घण्टा पछि गोताखोरहरुको टोलीले ती बालकलाई मृत अवस्थामा फेला पारेको शास्त्र प्रहरीको कालिका गण पोखराका गणपति सशस्त्र प्रहरी उपरिक्षक अरुण पौडेलले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार