पोखरा, २२ बैशाख २०८१/
नेकपा एमाले दोलखाका एक जना नेताविरुद्ध काठमाण्डौमा वलात्कार मुद्दा दर्ता भएको छ। हालै सम्पन्न नेकपा एमाले दोलखाको जिल्ला अधिवेशनमा उपसचिव पदमा पराजित उम्मेदवार विदुर शर्माबिरुद्ध काठमाण्डौमा वलात्कारको मुद्दा दर्ता भएको हो।
नेता शर्माबिरुद्ध एक किशोरीले काठमाण्डौस्थित प्रहरी वृत्त दरबारमार्गमा वलात्कार मुद्दामा जाहेरी दिएको प्रहरीले जानकारी दिएको छ। ४५ वर्षीय उनले काठमाडौँको ठमेलस्थित सञ्चयकोश भवन नजिकैको एक होटलमा लगेर १९ वर्षीया किशोरीलाई वलात्कार गरेको उजुरीमा उल्लेख छ।
शर्माले गएको वैशाख १९ गते जागिर लगाइदिने प्रलोभन देखाएर होटलमा लगी आफूलाई बलात्कार गरेको किशोरीले जाहेरीमा उल्लेख गरेकी छन् ।
उजुरी परे पछि एमाले नेता फरार छन् र उनको खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ। समाचारस्रोत रातोपाटी डट कम