पोखरा, २० बैशाख २०८१/
छोरीसंग झगडा गरेको भन्दै स्याङ्जाका एक व्यक्तिले पोखरामा छुरा हानेर घाइते बनाएका छन्। स्याङ्जाको पुतलीबजार नगरपालिका–२ स्थायी घर भई पोखरा–२ बस्दै आएका ४७ वर्षीय सोमबहादुर परियारले आफ्नै छोरीसंग झगडा गर्ने महिलालाई छुरा हानेर घाइते बनाएका हुन्।
प्रहरीका अनुसार, छोरीसंग वादविवाद गरेको विषयलाई लिएर सोमबार परियारले पोखराको दिहिको पाटन बस्ने ३० वर्षीया महिलालाई धारिलो छुराले टाउकोमा प्रहार गरि घाइते बनाएका थिए । त्यसपछि वडा प्रहरी कार्यालय बैदामको टोलिले परियारलाई बैशाख १७ गते (सोमबार) पोखरा महानगरपालिका–६ डिहिकोपाटनबाट पक्राउ गरेको हो ।
नोट : यसभन्दा अघि प्रकाशित समाचारमा बुझाइको कमजोरीले अन्यथा हुन गएकोमा क्षमा प्रार्थी छौं =सम्पादक