पोखरा, २० बैशाख २०८१/
धादिङमा गएराती आगलागी हुँदा एक बृद्ध दम्पत्तिको मृत्यु भएको छ। थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोलास्थित एक घरमा आगलागी हुँदा सोही ठाउँका ७० वर्षीय तेजबहादुर लामा र उनकी ७० वर्षीया पत्नी ठूली लामाको मृत्यु भएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए।
प्रहरीका अनुसार, गएराति साढे ११ बजे प्रहरीले आगलागीको खबर पाएको थियो । नजिकको हाप्सेचौर अस्थायी प्रहरी पोष्टबाट प्रहरी टोली पुग्दा घर पूरै जलिरहेको थियो । ‘दमकल जाने स्थिति पनि थिएन, राति साढे १२ बजे आगो निभ्यो, भित्र हेर्दा दुई जनाको मृत्यु भएको देखियो,’ जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता मकेन्द्र मिश्रले भने ।