चोरीको आरोप लागेका भारतीय नागरिक गोरखा जेल चलान

चोरीको आरोप लागेका भारतीय नागरिक गोरखा जेल चलान


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १९ बैशाख २०८१
  • 3.6K
    Shares

चोरीको आरोप लागेका भारतीय नागरिक मोहम्मद जाफर

पोखरा, १९ बैशाख २०८१/

चोरीको आरोपमा पक्राउ परेका एक जना भारतीय नागरिक जेल चलान भएका छन्। गएको चैत्र महिनामा गोरखा सदरमुकामको एक घरमा चोरी गरेको आरोपमा पक्राउ परेका भारत इस्लामपुर–८ रक्सौल पूर्वी चम्पारण बिहार घर भई गोरखा नगरपालिका–८ सिमलगैरी बस्दै आएका भारतीय नागरिक मोहम्मद जफर गोरखा जिल्ला अदालतको आदेश बमोजिम पुर्पक्षमा रहने गरी गोरखा जिल्ला कारागार चलान भएका हुन्।

अभियुक्त जफरले गएको चैत्र २१ गते बिहान १० बजेको समयमा गोरखा नगरपालिका–८ को पेट्रोलपप्प नजिकै रहेको रामकुमारी भट्टको घर भित्र पसी सुनका गहना र नगद चोरी गरेको आरोप प्रहरीले लगाएको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले दिएको जानकारी अनुसार, जफरले भट्टको घरको ढोका फुटाई कोठा भित्र रहेको सुनको सादा रिङ, हार, झुम्का, चुरा, झुम्का, सिक्री, टप, नगद १० हजार का साथै १ थान मोबाईल चोरी गरेका थिए ।

जफरलाई नकवजनी चोरी कसूर शिर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान पश्चात सरकारी वकिलको कार्यालयबाट राय सहित सोमबार अदालत पेश गर्दा पुर्पक्षको लागि कारागार थुनामा पठाएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार