पोखरा, १८ बैशाख २०८१/
इलाम बजारमा आयोहित नेकपा एमालेको विजय सभामा सहभागी भएर फर्किंदै गरेको पिकअप गाडी दुर्घटनाग्रस्त हुँदा १९ जना घाइते भएका छन्। को २ च ४४७ नम्बरको पिकअप गाडी इलाम नगरपालिका ५, बिब्ल्याँँटे बजार नजिक दुर्घटनामा पर्दा १९ जना घाइते भएका हुन् ।
दुर्घटनामा घाइते भएका १९ जना मध्ये गम्भीर घाइते तीन जनालाई थप उपचारको लागि झापा अस्पताल रेफर गरिएको प्रहरीले जानकारी दिएको छ । सामान्य घाइतेको इलाम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गाडी चालक इलाम नगरपालिका ५ का ३१ वर्षे राजन खत्रीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको डीएसपी प्रकाश जबेगूले जानकारी दिए ।