पोखरा, १८ बैशाख २०८१/
रुकुम पश्चिममा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक युवाको मृत्यु भएको छ । विपरीत दिशाबाट आएको रा१ख ३२१७ नम्बरको ट्रकले मंगलबार बिहान त्रिवेणीको सिम्रुत बजारमा रा६प ८५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर दुर्घटनाग्रस्त भएको हो।
उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक त्रिवेणी गाउँपालिका-७, खाराका ४५ वर्षीय जयबहादुर गिरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।
ट्रक चालक छत्रेश्वरी गाउँपालिका-७, सल्यान निवासी २९ वर्षीय लक्ष्मण खड्कालाई नियन्त्रणमा लिएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।