सामुदायिक वनमा आगो लगाएको आरोपमा गुल्मीबाट दुई जना समातिए

सामुदायिक वनमा आगो लगाएको आरोपमा गुल्मीबाट दुई जना समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १८ बैशाख २०८१
  • 3.6K
    Shares

गुल्मीको सामुदायिक वनमा आगलागी

पोखरा, १८ बैशाख २०८१/

सामुदायिक वनमा आगो लगाएको आरोपमा गुल्मीबाट दुई जना समातिएका छन्। सिस्न्यारा पातल सामुदायिक वनमा वैशाख ७ गते आगो लगाएको आरोपमा रेसुंगा गाउँपालिका–७ का ३८ वर्षीय राजकुमार पन्थी क्षेत्री र ४१ वर्षीय राजु जिसीलाई समातिएको प्रहरीले जानकारी दिएको छ।

उनीहरुलाई नेटा बजारबाट वैशाख १७ गते पक्राउ गरिएको डिभिजन वन कार्यालय गुल्मीका निमित्त वन अधिकृत पंकजकुमार ठाकुरले जानकारी दिए। उनीहरुलाई वन ऐन २०७६ मार्फत आगो लगाएको कसुरमा मुद्दा चलाउने तयारी गरिएको उनको दाबी छ ।

पक्राउ परेका उनीहरुलाई तीन वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने डिभिजन वन कार्यालय गुल्मीका निमित्त वन अधिकृत ठाकुरले बताए । वनजंगलमा मानवीय कारण आगलागी हुँदा त्यसले ठूलो क्षति पु¥याउने उनको भनाइ छ ।

हाल गुल्मीका १२ स्थानीय ८० सामुदायिक वनमा आगो लागेको छ । आगलागीबाट २ हजार बढी हेक्टर क्षेत्रफल नष्ट भएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार