चिरानको काठसहित मुस्ताङबाट समातियो ट्रक

चिरानको काठसहित मुस्ताङबाट समातियो ट्रक


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १८ बैशाख २०८१
  • 6.2K
    Shares

चिरानको काठसहित मुस्ताङबाट समातिएको ट्रक

पोखरा, १८ बैशाख २०८१/

अबैध चिरानको काठसहित मुस्ताङबाट एउटा ट्रक पक्राउ परेको छ। म्याग्दी सदरमुकाम बेनीबाट जोमसोमतर्फ जाँदै गरेको ग २ ख १०० नम्बरको ट्रक अबैध चिरानको काठसहित पक्राउ परेको हो।

उक्त ट्रकलाई प्रहरीले गएराती करीब दुई बजेको समयमा मुस्ताङ घरपझोङ गाउँपालिका वडा नम्बर ४ स्थित पक्की पुल नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको छ।

प्रहरीले चिरानको काठसहित उक्त ट्रक समातेको दाबी गरे पनि के कति परिमाणमा चिरानका काठहरु बरमाद भएका हुन् ? बिबरनाहरु खुलाएको छैन। तर थप अनुसन्धानका लागि अन्नपुर्ण संरक्षण क्षेत्र आयोजनाको ईलाका संरक्षण कार्यालय जोमसोम, मुस्ताङमा पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार