गएराति स्याङ्जामा दाङका युवाको चक्कुले हानेर हत्या

गएराति स्याङ्जामा दाङका युवाको चक्कुले हानेर हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १७ बैशाख २०८१
  • 5.3K
    Shares

पोखरा, १७ बैशाख २०८१/

स्याङ्जामा दाङका एक युवाको चक्कु प्रहार गरी गएराति हत्या भएको छ। दाङको राप्ती गाउँपालिका–३ स्थायी घर भै हाल स्याङ्जाको वालिङ नगरपालिका–१३ बाँयटारीमा डेरा गरी बस्दै आएका २० वर्षीय आयुष चौधरीको चक्कुले हानेर हत्या गरिएको हो। ।

उनलाई दाङको राप्ती–३ घर भै हाल स्याङ्जाको बाँयटारी बस्दै आएका ३५ वर्षीय निमबहादुर घर्तीले चौधरीलाई चक्कु प्रहार गरेर हत्या गरेक जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादर रानाले जानकारी दिए। चक्कु प्रहारबाट घाइते चौधरीलाई तत्काल उपचारार्थ गह्रौँ प्राथमिक अस्पताल वालिङमा पुर्याइएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुबै जना एउटै ट्याक्टरका चालक र सहचालक भएको प्रहरी भनाई छ।

चक्कु प्रहार गर्ने घर्तीलाई वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमा र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रानाले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार